इरानको एउटा परमाणु केन्द्र आतङ्ककारीको निसानामा



इरानको एउटा परमाणु केन्द्र आतङ्ककारी कार्यको निसानामा परेको परमाणुका एकजना उच्च अधिकारीले बताएका छन् । इरानले युरेनियमलाई अझ बढी मात्रामा सम्बद्र्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको भोलिपल्टै यस्तो हमला भएको हो ।

ती अधिकारीले उक्त कार्यमा कसको संलग्नता छ भन्ने बताएनन् । तर उनले अन्तर्राष्ट्रिय समुदायलाई परमाणु आतङ्कवादलाई सम्बोधन गर्न आह्वान गरेका छन् । इजरायली सञ्चारमाध्यमले चाहिँ उक्त घटना इजरायली साइबर हमलाको परिणाम भएको सङ्केत गरेका छन् ।

गत वर्ष पनि नाटान्ज भूमिगत परमाणु केन्द्रमा आगो लागेको थियो । त्यसलाई अधिकारीहरूले साइबर हमलाको परिणाम भनेका थिए । सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको हो ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए । तर अहिलेका राष्ट्रपति जो बाइडनले त्यसलाई पुनः अघि बढाउने पहल गरिरहेका छन् । शनिवार इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए । त्यो देशको युरेनियम सम्बद्र्धन कार्यक्रमको मुख्य क्षेत्र हो ।

युरेनियम सम्बद्र्धन गर्नका लागि सेन्ट्रिफ्यूजहरू आवश्यक पर्छन् । सम्बर्दित युरेनियमलाई उर्जा उत्पादनका लागि रियाक्टरका रूपमा र आणविक हतियार बनाउन पनि प्रयोग गरिन्छ । एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरान (एईओआई) का एकजना प्रवक्ता बेहरुज् कमालवन्दीले आइतवार बिहान एउटा घटना भएको बताए ।

उक्त घटना त्यस परमाणु क्षेत्रको उर्जा नेटवर्कसँग जोडिएको उनको भनाइ छ । उनले त्यसबारे थप जानकारी दिएनन् तर इरानको फार्स न्यूज एजेन्सीलाई त्यहाँ कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको बताए । पछि सरकारी टेलिभिजनले एउटा वक्तव्य पढेको थियो । त्यसमा एईओआईका प्रमुख अली अकबर सालेहीले उक्त घटनालाई तोडफोड र परमाणु आतङ्कवाद भनेका छन् ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) ले उक्त घटनाबारे आफू जानकार रहेको तर त्यसबारे केही प्रतिक्रिया नदिने बताएको छ । इजरायलले सार्वजनिक प्रसारक कानले उक्त घटना इजरायली साइबर हमला हुनसक्ने अनुमान गरिएको बताएको छ ।

उसले सन् २०१० को एउटा कम्प्युटर भाइरसको उदाहरण दिँदै त्यस्तो दाबी गरेको हो । त्यसबेला अमेरिका र इजरायल मिलेर उक्त भाइरस बनाएको विश्वास गरिएको थियो । त्यसलाई नाटान्जको सेन्ट्रिफ्यूज नष्ट गर्न प्रयोग गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु