जोर्डनी राजा र राजकुमार हमजा एकै स्थानमा सार्वजनिक



जोर्डनका राजा अब्दुल्लाह र उनका सौतेनी भाइ राजकुमार हमजा आइतवार एकैस्थानमा बसेको दृष्यलाई जोर्डनका सञ्चारमाध्यमले महत्वका साथ सम्प्रेषण गरेका छन् ।

यसलाई जोर्डनको दरबार विवादपछिको मिलनविन्दुको खोजी गर्ने प्रयासका रूपमा राज्य सञ्चालित टेलिभिजनले देखाएका छन् । राजकुमारसँगको दरबारको विवादको कारण उनीहरूको पहिलो संयुक्त उपस्थितिलाई महत्वपूर्ण मानिएको हो ।

राज्यको स्थापना भएको १०० औं वार्षिकोत्सवको अवसरमा यी दृश्यहरूमा राजपरिवारका प्रमुख सदस्यहरूको एउटा समूहलाई राजपरिवारका पूर्वजहरूलाई गाडिएको एक समाधिस्थलमा देखाइएको हो ।

दरबारको ट्वीटर अकाउन्टले उक्त समूहको तस्वीरमा राजा अब्दुल्लाह दोस्रो, युवराज अल हुसेन र हम्जा बिन अल हुसेनलगायतलाई दिवंगत राजा अब्दुल्लाह प्रथमको समाधिमा भन्ने शीर्षकमा प्रकाशित गरेको छ । उक्त तस्बीरमा सिंहासनका उत्तराधिकारी हुसेनबाहेक सबै सादा पोशाकमा रहेका भएपनि हुसेनले भने सैन्य पोशाक लगाएको देख्न सकिन्छ ।

जोर्डनले आइतवार युद्धबाट स्वतन्त्र भएको सयौँ वर्ष मनाउने तयारी गरिरहेपनि कमजोर साधनस्रोत भएको मानिने यस मुलुकमा दरबारको विवाद र कोरोनाभाइरस महामारीका कारण उत्सवहरू ओझेलमा परेका छन् ।

अर्थात् यस वर्ष कुनै औपचारिक समारोहहरू भएनन् । सरकारले सन् २००४ मा अब्दुल्लाह प्रथमका छोरा हुसेनको पक्षमा सिंहासनको उत्तराधिकारीको रूपमा रहेका पूर्व राजकुमार हमजालाई ‘राज्यको सुरक्षा अस्थिर’ गर्ने षडयन्त्रमा संलग्न भएको आरोप लगाउँदै उनलाई दरबारबाहिर जानबाट रोक लगाएको हमजाद्वारा हालै सार्वजनिक एक अडियोमा उल्लेख गरिएको थियो ।

हालैमात्र हमजाका सहयोगी रहेको आरोपमा विभिन्न १६ व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । यद्यपि अब्दुल्लाहले गत बुधबार हमजाले एक सहमति पत्रमा हस्ताक्षर गरी आफू राजपरिवारप्रति इमान्दार रहने प्रतिवद्धता गरेको बताएका थिए ।

हमजालाई उनी कान्छाबाबुको मध्यस्थतामा नरम बन्न र उनको सुरक्षाको जिम्मेवारी आफूले (कान्छाबाबु) ले लिने सहमति भएको बुझिएको छ । त्यसपछि टेलिभिजनमा गरिएको सम्बोधनमा राजाले ‘देशद्रोह कोपिलामा नै गुम्ने’ भनी प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति