इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान



इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै यहाँका नागरिकलाई सहायता प्रदान गरिएको हो ।

अधिकारीहरुले करिब आठ लाख किलोग्राम जति खाद्यान्नका साथै अरु सामग्रीहरु पनि उपलब्ध गराइएको बताइएको छ । इथियोपियाको प्रधानमन्त्री कार्यालयले बिहीबार विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको हो । सो क्षेत्रमा टिगरे पिपुल्स लिबरेसन फन्टको सशस्त्र विद्रोह रहेको थियो । हाल पनि सो क्षेत्रमा विद्रोह जारी रहेको छ ।

विद्रोहमा परेर हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने अरु हजारौँ त्यस क्षेत्रबाट विस्थापित भएर अन्यत्र सरेका छन् । त्यसैले सो क्षेत्रमा सरकारी निकायका अधिकारीको उपस्थिति पनि हुन दिइएको छैन । जसका कारण यहाँका स्थानीय नागरिक द्वन्द्वको चपेटामा परेका छन् र खाद्यान्न लगायतका अरु अत्यावश्यकीय साधनको अभावमा परेका छन् ।

सरकारी तथ्यांकअनुसार इथियोपियामा अझै पनि करिब ४५ लाख मानिसलाई तत्कालै खाद्यान्न लगायतका आवश्यकीय सामग्रीको खाँचो छ । तीमध्ये अधिकांश नागरिक हिंसाको चपेटामा परेका नागरिक हुन् ।

टिगरेको द्वन्द्वका कारण मात्र यहाँका करिब २२ लाख मानिस विस्थापित भएका छन् । उनीहरु कतिपय इथियोयामा नै शरणार्थी भएर रहेका छन् भने अरु कैयौँ नागरिक विस्थापित भएर विदेशिन बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा ३० करोड व्यक्तिलाई लगाइयो कोभिडविरुद्धको खोप

चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय

अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु

अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबान लडाकूको

चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट

चिनियाँ खोपलाई डब्ल्यूएचओको अनुमति

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई