भ्रष्टाचारको अभियोगमा फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्षको जेल सजाय



फ्रान्सका पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ । तीनमध्ये दुई वर्ष निलम्बित सजाय रहने बताइएको छ । एक जना म्याजिस्ट्रेटलाई आफ्नो फौजदारी अपराधको मुद्दाको बारेमा सूचना दिए सम्मानित जागिर दिने लोभ देखाएको आरोप ६६ वर्षीय पूर्वराष्ट्रपतिलाई लगाइएको थियो ।

उनी जेल सजाय भोग्ने गरी सजाय पाउने पहिलो फ्रान्सेली पूर्वराष्ट्रपति भएका छन् । सार्कोजीका पूर्ववकिल र ती म्याजिस्ट्रेटलाई पनि उस्तै प्रकृतिको सजाय दिइएको छ । ती तीनै जनाले पुनरावेदन गर्ने मानिएको छ । फैसलामा पेरिसका एक न्यायाधीशले सार्कोजीले डिजिटल ट्याग लगाएर एक वर्षको सजाय घरमै बिताउन सक्ने बताएका छन् ।

न्यायाधीशले सार्कोजीलाई आफूले गरिरहेको कार्य गलत भएको थाहा भएको र उनको त्यो कार्यले न्यायप्रतिको आमधारणा नराम्रो बनाउने बताएका थिए । यो मुद्दालाई आधुनिक फ्रान्समा महत्वपूर्ण मानिएको छ । यसअघि उनीभन्दा पहिलेका राष्ट्रपति ज्याक सिराकलाई पेरिसको नगरप्रमुख हुँदा आफ्नो कार्यकर्तालाई जागिर दिएको आरोपमा सन् २०११ मा दुई वर्षको निलम्बित सजाय दिइएको थियो ।

सिराकको सन् २०१९ मा मृत्यु भइसकेको छ । सरकारी वकिलले सार्कोजीलाई चार वर्षको सजाय माग गरेका थिए । म्याजिस्ट्रेट गिल्बर्ट अजिबर्ट र सार्कोजीका वकिल थिअरी हेर्जगको फोन वार्तालाप प्रहरीले सन् २०१४ मा रेकर्ड गरेको थियो । सार्कोजीमाथि सन् २०१२ मा उनी पराजित भएको निर्वाचनमा तोकिएभन्दा धेरै खर्च गरेको आरोपको मुद्दा पनि छ जसको मार्च १७ देखि अप्रिल १५ सम्म सुनुवाइ हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्