बाइडन र पुटिनबीच पहिलो पटक फोन संवाद



अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो फोन संवाद गरेका छन् । मङ्गलवार दिउसो भएको संवादमा रुसमा जारी विपक्षीको प्रदर्शन र आणविक सम्झौताको सुरुवात गर्नेबारे छलफल भएको बताइएको छ ।

रुसी वक्तव्यका अनुसार चुनाव जितेकामा पुटिनले बाइडनलाई बधाई दिएका थिए । बाइडनले पदभार संहालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका हुन् ।

ह्वाइटहाउसको वक्तव्यका अनुसार दुई राष्ट्रपतिबीच अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला, अफ्गानिस्तानमा रहेका अमेरिकी सेनामाथि रूसले मूल्य तोकेको भन्ने समाचार र एलेस्की नभाल्नीमाथि भएको विषहमलाका बिषयमा छलफल भएका थिए ।

क्रेम्लिनले भने दुई देशबीचको सम्बन्ध सामान्यिकरणको बिषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसले दुवै देशको स्वार्थलाई सम्बोधन गर्ने जनाएको छ । मस्कोले आफूहरूको विश्वको सुरक्षा र स्थिरता कायम गर्नमा विशेष जिम्मेवारी रहेको कुरालाई ख्याल गरेको जनाएको छ । उसका अनुसार दुई राष्ट्रपतिबीच ’कामका बिषयमा खुलस्त’ कुराकानी भएको थियो ।

अमेरिकी वक्तव्यमा थप भनिएको छ–राष्ट्रपति बाइडनले आफू र आफ्ना साझेदारलाई रूसले पु¥याउने क्षतिविरूद्ध अमेरिका आफ्नो राष्ट्रिय स्वार्थको बचाउमा बलियोसँग उभिने जनाएका छन् । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूले उनी पुटिनप्रति आवश्यक मात्रामा कडा नभएको बताउने गरेका थिए ।

अमेरिकी गुप्तचर अधिकारीहरूले यसबीचमा मस्को थुप्रै साइबर हमलाहरूमा संलग्न भएको बताउने गरेका छन् । बाइडन उपराष्ट्रपतिका रूपमा काम गरेका ओबामा प्रशासनमाथि समेत रुसमाथि कमजोर भएको आरोप लाग्नेगरेको थियो । रुसले क्राइमियालाई आफ्नोमा गाभ्दा, पूर्वी युक्रेनमा हस्तक्षेप गर्दा र सिरियामा भएको दमनमा साथ दिँदा क्रेम्लिनलाई रोक्न नसकेको आरोप ओबामा प्रशासनमाथि लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ