भारत र चीनका सैनिकबीच उत्तर सिक्किममा भिडन्त, केही सैनिक घाइते



चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ ।

अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ । गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन् ।

तीन दिनअघिको घटना भने चिनियाँ सैनिकको टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकुला पासमा भिडन्त भएको भारतीय सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सिक्किम क्षेत्र भुटान र नेपालबीच पर्छ । भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको बताइएको छ । भारतीय सेनाले नाकुला क्षेत्रमा जनवरी २० मा ’सामान्य घटना’ भएको र त्यो ’स्थानीय सैन्य कमाण्डरहरूले प्रचलित प्रक्रिया अनुरूप सुल्झाएको’ बताएको छ ।

चीनले आधिकारिक प्रतिक्रिया जनाएको छैन । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ । गत वर्षा मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए ।

भारत र चीनका सैनिकहरू साना भिडन्तमा हतियार प्रयोग गर्दैनन् । सन् १९९६ को सहमतिमा ’लाइन अफ एक्चूअल कन्ट्रोल’ अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको