उत्तर कोरियाली कूटनीतिज्ञ भागेर दक्षिण कोरियाको शरणमा



उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञ भागेर शरण लिन दक्षिण कोरिया गएका छन् । कुवेतका लागि उत्तर कोरियाली कार्यवाहक राजदूत र्यु ह्युन–वू सेप्टेम्बर २०१९ मा भागेर सपरिवार दक्षिण कोरिया पुगेको मेइल दैनिकले जनाएको छ ।

उक्त पत्रिकामा प्रकाशित समाचारका अनुसार आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन ती कूटनीतिज्ञले त्यसो गरेका थिए । र्यु दक्षिण कोरिया आएको विषय अधिकारीहरूले पुष्टि गर्न मानेनन् ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार र्यु सेप्टेम्बर २०१९ मा शरण खोज्दै दक्षिण कोरिया पुगेका थिए। तर उनले शरण मागेको कुरा अहिलेसम्म गोप्य राखिएको थियो । उनी सन् २०१७ देखि कुवेतमा कार्यवाहक राजदूत थिए ।

र्युका ससुराले पहिला उत्तर कोरियाको गोप्य कोषको नेतृत्व गरेको विश्वास गरिन्छ । उत्तर कोरियाबाट प्रत्येक वर्ष एक हजार जना जति भागेर दक्षिण पुग्छन्। तर वरिष्ठ अधिकारी भाग्ने घटना विरलै हुन्छ । सन् २०१८ मा इटलीमा खटेका एक कूटनीतिज्ञ बेपत्ता भएका थिए । उनी २०१९ मा भागेको कुरा गत वर्ष मात्र सार्वजनिक भयो । भाग्न त्यति सहज पनि छैन ।

कडा सुरक्षा हुने सीमाक्षेत्रबाट दक्षिण कोरिया छिर्न वा चीनसँगको सीमा पार गर्न ठूलो जोखिम हुन्छ । वेलायतका लागि उत्तर कोरियाका राजदूत पनि सपरिवार २०१६ मा भागेका थिए । दक्षिण कोरियाको नागरिक बनेको चार वर्षपछि उनी गत संसदीय निर्वाचनमा विजयी पनि भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार