जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन



जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू) ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ । लाचेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिकताको रक्षकका रूपमा हेर्ने गरिएको छ ।

लाचेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिवद्धता जाहेर गरेका छन् । कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेश मामिला विज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै शनिबार ५९ वर्षीय लश्चेत सीडीयू प्रमुख चयन भएका छन् ।

सीडीयू अध्यक्षले परम्परागत रूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ । यसको अर्थ लश्चेत जर्मनीको चान्सलरमा प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ । व्यावहारवादी, प्रतिष्ठित तथा मृदुभाषी उदारतावादी लाश्चेत हाल जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको नर्थ राइन–वेस्टफालियाको नेता हो ।

उनलाई मर्केलका एक वफादार अनुयायीका रूपमा मानिन्छ । सन् २०१५ मा जर्मनीले सिरिया लगायत अन्य मुलुकबाट आएका सयौं हजारौं आप्रवासीहरूको लागि सीमाना खुल्ला गर्दा मर्केललाई साथ दिने उनी एक इमान्दार नेताका रूपमा चिनिन्छ ।

आफ्नो राज्यमा आर्थिक र सामाजिक वरदानको रूपमा विविधतालाई स्वीकार गर्ने उनलाई मर्केलभन्दा अझ बढी आप्रवासी समर्थकको रूपमा हेर्ने गरिन्छ ।

सीडीयूको नेतृत्व गर्ने अभियानको क्रममा उनले आफूलाई मर्केलले निरन्तरता दिने उम्मेदवारको रूपमा उभ्याउँदै स्टर्न पत्रिकासँग ‘मर्केलसँग विभाजित हुनुले जर्मनीबारे विश्वलाई एउटा गलत सन्देश पठाइने’ बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक