ब्रजिलका अस्पतालमा अक्सिजनको चरम अभाव



ब्रजिलको मनाउस नगरका अस्पतालमा कोभिड १९ का बिरामीलाई दिन चाहिने अक्सिजनको चरम अभाव भएको छ । अमेजोनस प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या वृद्धि भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै सहयोग र अक्सिजनको अभावमा धेरै मानिसको मृत्यु हुनसक्ने समाचार छापेका छन् ।

ब्रजिलमा अहिलेसम्म दुई लाख पाँच हजार जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ । कोभिडबाट सबभन्दा धेरै मृत्यु बेहोरेको देशमध्ये पहिलो अमेरिका र दोस्रोमा ब्रजिल पर्छ । अमेजोनसमा कोरोनाभाइरस सङ्क्रमणको पहिलो चरणमा पनि धेरै मानिसको मृत्यु भएको थियो । दोस्रो चरणको सङ्क्रमणले पनि यो क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

त्यहाँ सङ्कटकाल घोषणा गरिएको छ । अस्पतालमा शवहरू राख्न कप तापक्रम कायम गर्न सकिने कन्टेनरहरू ल्याइएको छ । फिओक्रुज अमेजोनिया साइन्टिफिक इन्भेस्टिगेशन इन्स्टिट्यूटकी जेसेम ओरेलानाले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार मनाउसस्थित अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ र कैयौँ बिरामीका लागि अस्पतालका कक्षहरू सास फेर्न मुस्किल पर्ने च्याम्बर बनेका छन् ।

धेरै जनाले शेयर गरेको यो क्षेत्रको दुर्दशा दर्शाउने एउटा भिडिओमा एक महिला स्वास्थ्यकर्मीले हामी कठिन परिस्थितिमा छौँ, सबै एकाइमा अक्सिजन सकिएको छ भनेको सुनिन्छ ।

अमेजोनसका गभर्नर विल्सन लिमाले उक्त प्रदेश महामारीको सङ्कटपूर्ण घडीमा रहेको भन्दै रातको समयमा कर्फ्यू घोषणा गरेका छन् । ब्रजिलका उपराष्ट्रपतिले ट्विटरमा वायुसेनाले अक्सिजन सिलिन्डरसहित अस्पतालका लागि विभिन्न सामग्री ओसारेको तस्बिर प्रेषित गरेका छन् । आईसीयू शय्याको अभाव भएकाले केही बिरामीलाई हवाईमार्गबाट अन्यत्र उपचारका लागि लगिने स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब