बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी



बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिबिरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् । सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कारण प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ ।

शरणार्थी सहायता आयुक्त मोहम्मद शम्सद डौजाले स्थानीय समयअनुसार विहान ३ बजे आगलागी भएको जानकारी दिए । टहरा पनि जलेपछि त्यसमा बस्दै आएका हजारौँ शरणार्थीहरु अहिले हिँउदे जाडोको मारमा परेको प्रत्यक्षदर्शीले बताए । उनीहरुलाई अहिले लगाउने, ओड्ने, ओच्छयाउने कपडा, बस्ने ठाउँ, खाद्य पदार्थको खाँचो रहेको र त्यसको व्यवस्थापन गरिदिने कार्य भइरहेको पनि उद्धार कार्यमा सम्लग्नहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती

सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था नभएको अमेरिकी भनाई

सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित

बाढीका कारण तान्जानियामा ५८ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको