विश्वमा एकैदिन १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु



विश्वमा कोरोना भाईरस संक्रमितको अवस्था ९ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ करोड २० लाख ६ हजार १७८ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै बढी हो ।

अहिलेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ७० हजार ३० पुगेको छ । अहिलेसम्म ६ करोड ५८ लाख १८ हजार ६२९ जनाले कोरोना संक्रमणमुक्र भएका छन् । संक्रमितमध्ये २ करोड ४२ लाख १७ हजार ५१९ जना होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये १ लाख १० हजार ८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा एकैदिन ४ हजार ८५ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ५९९ पुगेको छ ।

त्यस्तै, एकैदिन २ लाख १२ हजार ४०४ जना संक्रमित थपिएसंगैसंक्रमितको संख्या २ करोड ३३ लाख ६८ हजार २२५ पुगेको छ । छिमेकी मुलुक भारतमा संक्रमित संख्या १ करोड ४ लाख ९५ हजार ८१६ पुगेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ५६४जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न