इङ्ल्याण्डका अस्पतालमा शैया व्यवस्थानमा कठिनाई



कोरोनाभाइरस सङ्क्रमणका घटनामा बृद्धि भएको कारण बिहीबार इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शैया व्यवस्थानमा कठिनाई भएको बताएका छन् ।

स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी विरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएका एक गोप्य स्रोतले एएफपीलाई बताएको छ । बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ ।

दक्षिणपूर्वी इङ्ल्याण्डमा कोभिड सङ्क्रमितको सङ्ख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जिबाणु पाइएको बताइएको थियो । बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी पुगेको छ ।

यो पहिलो चरणको सङ्क्रमणका समयमा भन्दा बढी हो । इङ्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भने,“तीव्र वृद्धिले अस्पतालका उपचाररत केही विरामीहरूलाई नर्सिंग होम वा केयर होममा केही थप शैया व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन् । क्रिस होपप्सनले बीबीसी रेडियोसँग भने, “हामीले विगत एक हप्तामा इङ्ल्याण्डमा मात्र पाँच हजार नयाँ विरामीलाई भर्ना गरेका छौँ । यो कोभिड–१९ का विरामीका लागि छुट्ट्याइएका शैयाभन्दा १० गुणा हो । साँच्चै यो निकै चुनौतीको विषय हो ।”

चिकित्सकहरूले कोभिड–१९ को बढ्दो क्रमसँगै सङ्क्रमण नियन्त्रणका उपायलाई कडाइका साथ अपनाउन वा पालना गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ