अमेरिकी सिनेटमा डेमोक्रेट उम्मेदवार राफेल एक स्थानमा विजयी



अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा हाल रिपब्लीकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार थिए ।

सिबिएस, एनबिसी र सिएनएनले सिनेटर केल्ली झिनो मतान्तरले पराजित भएका जनाएका छन् । यद्यपी केल्लीले आफूले हार स्वीकारेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय निकै पिडादायी हुने अनुमान गरिएको छ ।

जर्जियाकै अर्को स्थानका लागि भएको निर्वाचनको मतगणना जारी छ, र त्यहाँ पनि रिपब्लीकन र डेमोक्रेट पार्टी दुबैका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यदि दुबै स्थानमा डेमोक्रेट पार्टी विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ, र उनले आफूले चाहेका योजना र कार्यक्रम सहजै पारित गराउन सक्नेछन् ।

तर रिपब्लीकन पार्टीले एक स्थान जिते पनि सिनेटमा रिपब्लीकनको बहुमत कायम हुनेछ । अमेरिकी राजनीतिक प्रणालीमा माथिल्लो सदन सिनेटलाई निकै शक्तिशाली मानिन्छ, जसले राष्ट्रपतिका हरेक कार्यमाथि कडा निगरानी राख्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका