विद्यालय खुलेपछि खुशी भए केन्याली



कोरोनाभाइरस महामारीको कारण १० महिनादेखि बन्द भएका विद्यालय सोमबार खुलेपछि केन्याका लाखौं विद्यार्थी पहिलो पटक विद्यालयमा उपस्थित भई शिक्षा आर्जन गरेका छन् ।

विद्यार्थीहरूले विद्यालय फर्किंदा पहिलेजस्तो कुनै अवरोधविना कक्षामा भने पुग्न सकेनन् उनीहरूलाई विद्यालय छिर्नु पहिले सामाजिक दूरी कायम गर्ने, तापक्रम जाँच गर्ने तथा सुरक्षाका लागि मुखमा मास्क लगाउन निर्देशन गरिएको थियो ।

लामो समयपछि आफ्ना साथीहरूसँग विद्यालयमा भेट भएका विद्यार्थी कोभिड–१९ को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्छ भन्नेमा सचेत देखिएका छन् ।

लामो समय विद्यालय बन्द भएका कारण आफ्नो शैक्षिक सत्र गुम्ने हो कि भनी चिन्तित रहेका बालबालिका र उनीहरूका अभिभावकले विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाउन पाएकोमा खुशीसँगै भय पनि व्यक्त गरेका पाइएको छ । सरकारले देशभर विद्यालय खोल्नेगरी गरेको निर्णयबाट बालबालिका र अभिभावकले राहत महशुस गरेको देखिन्थे ।

“अभिभावकका रूपमा म खुशी छु किनकि बच्चाहरू विद्यालयमा फर्किए,” एक विद्यार्थीकी अविभावक हिल्दा मुसिम्बीले भने । केन्याले मार्च २०२० देखि महामारीका कारण विद्यालयहरू बन्द गरेको थियो ।

कोरोनाभाइरस सङ्क्रमित व्यक्ति भेटिन थालेपछि बन्द विद्यालयलाई आंशिक रूपमा अक्टोबरमा कक्षा सञ्चालन गरिएको थियो । सरकारको विद्यालय खोल्ने निर्णयसँगै सबै प्राथमिक र उच्च माध्यमिक विद्यार्थी सोमबार फर्किए भने विश्वविद्यालय र कलेजहरू खोल्न प्रशासनले उनीहरूलाई मार्ग प्रशस्त गरेको छ ।

भीडको कक्षा कोठामा सामाजिक दूरी कायम गर्न सङ््घर्ष गर्दै शिक्षकहरूले फेसमास्क नलगाएको विद्यार्थीहरूलाई घर फर्काएका देखिन्थे भने विद्यालयमा एक व्यक्तिदेखि अर्को व्यक्तिको दूरी कायम गर्न शिक्षक तथा कर्मचारीहरू व्यस्थ थिए ।

अक्टोबरमा जब विद्यालयहरू आंशिक रूपमा पुनः सञ्चालनमा आएपनि शहरी र प्रभावित क्षेत्रमा विद्यार्थीहरू र शिक्षकहरू आफै बिरामी परेका र सङ्क्रमण फैलिने डरमा अनलाइन कक्षा सञ्चालन गरिएको थियो । तर यो गरीब अफ्रिकी मुलुकमा प्रविधिका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब