एकवर्षमा टेस्लाले बेच्यो झण्डै पाँच लाख विद्युतीय कार



अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो ।

टेस्लाका अनुसार बर्षभरिमा ४ लाख ९९ हजार ५५० थान कार बिक्री भएको छ । कम्पनीले ५ लाख ९ हजार ७३७ थान कार उत्पादन गरेको थियो । टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोशेढुंगा भन्दै सन्तोष व्यक्त गर्नु भएको छ ।

मस्कले ट्वीट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने आँकलन गरे पनि ग्राहकले आफ्ना कारलाई अत्यधिक रुचाएको बताएका छन्।

टेस्लाका मोडेल ३ र मोडेल वाईको बिक्री झण्डै ८६ प्रतिशत रहेको कम्पनीले जनाएको छ । टेस्लाले अत्यन्त आरामदायी मोडेल एस सेडान र मोडेल एक्स एसयुभी पनि उत्पादन गरिरहेको छ । कम्पनीले चीनको साङ्घाई प्लान्टबाट मोडेल वाईको उत्पादन शुरु भएको जनाएको छ ।

विश्वकै दोस्रो सर्वाधिक धनी व्यक्ति मस्कले कारका लागि अति आवश्यक ब्याट्रीमा अझ सुधार ल्याउन प्रयत्न भइरहेको बताएका छन् । उनले आमसर्वसाधारणलाई विद्युतीय कारहरु बिक्री गर्न चाहेको बताएका छन् । तीन वर्षभित्रै टेस्लाका कारहरुको मूल्य २५ हजार डलरको आसपासमा ल्याउने टेस्लाको योजना छ । विद्युतीय कार उत्पादन र बजार हिस्साका दृष्टिमा टेस्लाको उपस्थिति अन्य कार उत्पादकहरु जनरल मोटर्स, फोर्ड, टोयोटा, होन्डा, फिएट क्रिस्लर र भक्सवागनको भन्दा बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको