क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३६ लाख नाघ्यो



भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनले मूल्य पहिलोपटक ३० हजार अमेरिकी डलर अर्थात् ३६ लाख नेपाली रुपैयाँभन्दा बढी भएको छ । शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको थियो। केही साताअघि मात्रै पहिलोपटक बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नाघेको थियो ।

गएको वर्ष मात्रै बिटक्वाइनको मूल्य चौगुनाभन्दा बढी बढेको छ। यसको कारण यसमा लगानी गर्न इच्छुक लगानीकर्ता धेरै रहनु बताइएको छ । विज्ञहरूले अमेरिकी डलर अवमूल्यन हुने क्रम रहेको अवस्थामा यसको मूल्य अझ बढ्न सक्ने बताएका छन् ।

अमेरिकी डलरको मूल्य गत वर्ष मार्चमा कोरोनाभाइरसको कारण बढेको थियो तर त्यसयता अमेरिकी ढुकुटीबाट धेरै खर्च भएकोले यसको मूल्य घटेको छ । बिटक्वाइन अमेरिकी डलर वा अन्य मुद्रा झैँ प्रयोग हुन्छ ।

हालै पेपल नामक अनलाइन पेमेन्ट गेटवेले बिटक्वाइनबाट कारोबार गर्न सकिने बनाएको थियो । तर क्रिप्टोकरेन्सीको मूल्य घटबढ भइरहने गर्छ । सन् २०१७ मा बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नजिक पुगेर घटेको थियो। बिटक्वाइनको सबैभन्दा कम मूल्य ३,३०० डलरसम्म पुगेको छ । गत वर्ष नोभेम्बरमा १९ हजार नाघेपछि यसको मूल्य फेरि कम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका