विश्वमा कोरोना संक्रमणबाट १८ लाख ४३ हजार भन्दा बढीको मृत्यु



विश्वमा ६ करोड भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ५८ हजार भन्दा बढी संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९३ हजार नाघेको छ । यस्तै, पछिल्लो २४ घण्टामा पाँच लाख २२ हजार ७ सयभन्दा बढीमा संक्रमण भएसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ४९ लाख ७५ हजार भन्दा बढी पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ । हालसम्म १८ लाख ४३ हजार ३१३ संक्रमितको मृत्यु भएको छ ।

विश्वमा सक्रिय संक्रिमतको संख्या २ करोड ३० लाख ३८ हजार ९६४ रहेको छ । जसमध्ये १ लाख ६ हजार ५१० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार १३४ जना रहेका छन्। त्यस्तै, कोरोनाका कारण एक हजार ९४२ जनाको मृत्यु भएको छ । हालसम्म २ करोड ९ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् । ३ लाख ५८ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ भने १ करोड २३ लाख ६१ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा २१ हजार भन्दाबढी नयाँ संक्रमित थपिएका छन् भने २६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या हालसम्म १ करोड ३ लाख २४ हजार नाघेको छ भने १ लाख ४९ हजार ४७१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’