इथियोपियामा हालै भएका आक्रमणमा कम्तीमा एक सय जनाको मृत्यु



इथियोपियामा विगत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा एक सय जनाको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बताएका छन् ।

बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले सिन्ह्वासँग बताएको छ ।

मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।

आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ । मानव अधिकारवादी समूहहरूले गरेको छानवीनमा आक्रमण भएका स्थानहरूमा सुरक्षा दिन सुरक्षाकर्मी पुग्न नसकेको तर आयोगले स्थानीयको सूचना र सोधपुछका आधारमा घटनाको लेखाजोखा राखिरहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो