इजरायलमा संसद विघटन



प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ ।

संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो । इजरायल दुई वर्षमा चौथो चुनावको लागि अग्रसर हुने भएको छ ।

सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सिएएनएनले जानकारी दिएको छ । नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनले २०२० को बजेट स्वीकृत गर्न मध्यरातको म्याद गुमाएपछि संसदको स्वतः भंगलाई बाध्य तुल्याएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरुले सरकारको पतनका लागि एक अर्कालाई दोष दिएका छन् ।

कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहूमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ । नेतान्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लू एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् २०२० को बजेट पारित गर्न मध्यरात्रिसम्म प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ