अमेरिकामा नौ खर्ब डलर बराबरको राहत प्याकेजमा सहमति



महिनौँयताको खिचातानीपछि अमेरिकी सांसदहरू करिब नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका छन् । व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि त्यसमा रकम समेटिएको छ ।

आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने बताइएको छ । आगामी नौ महिनासम्म सरकारलाई आफ्ना गतिविधिहरू सञ्चालन गर्नका निम्ति यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा यो थपिएको छ । यो महिनाको अन्त्यतिर कोभिड १९ सँग सम्बन्धित थुप्रै सहायता कार्यक्रमको म्याद सकिन लागेका बेला पछिल्लो सहमति भएको हो । बेरोजगारले पाउने सुविधामा पहुँच पाउनबाट करिब एक करोड २० लाख अमेरिकीहरू वञ्चित हुन लागेका थिए ।

सिनेटमा प्रतिनिधित्व गर्ने रिपब्लिकन नेता मिच मक्कनेलले सहमतिबारे घोषणा गरेका थिए। त्यसमाथि औपचारिक मतदान हुन चाहिँ बाँकी छ । बिहीवार सार्वजनिक बेरोजगारीसम्बन्धी तथ्याङ्क अनुसार बेरोजगारले पाउने सुविधाका लागि गत हप्ता आठ लाख ८५ हजार अमेरिकीले आवेदन दिएका छन्।

यो सङ्ख्या सेप्टेम्बर महिनायताकै उच्च हो । कङ्ग्रेसमा शुक्रवारसम्म यो सहमतिमाथि मतदान हुने अपेक्षा गरिएको छ । खर्च नपाएर सरकारका कामकारबाही ठप्प हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका थिए । अक्टोबर महिनादेखि नै अस्थायी कोषमार्फत् वाशिङ्गटन सरकार सञ्चालन भइरहेको छ। अक्टोबर सङ्घीय सरकारको आर्थिक वर्षको शुरूवाती महिना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न