भारतमा जनवरीदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिने



भारतले आउँदो जनवरी महिनादेखि नै कोभिड १९ विरुद्धको खोप दिन सुरु गर्न सक्ने सङ्घीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

देशको औषधि नियामक निकायले केही खोपहरूलाई आपत्कालीन प्रयोगका निम्ति अनुमति प्रदान गर्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

दुईवटा खोप निर्माता कम्पनीहरूले आफूहरूले तयार पारेका कोरोनाभाइरस विरुद्धको खोपको प्रयोगका लागि सरकार समक्ष अनुमतिका निम्ति आवेदन गरिसकेका छन् । अन्य छ प्रकारका खोपहरू चिकित्सा परीक्षणका विभिन्न चरणहरूमा छन् ।

भारतमा खोप कार्यक्रमले अगस्ट महिनाको आरम्भसम्म झण्डै ३० करोड जनालाई खोप लगाइसक्ने उद्देश्य राखेको छ । भारतमा झण्डै एक करोड जना कोरोनाभाइरस सङ्क्रमित भैसकेका छन् र हालसम्म सो रोग र त्यससँग सम्बन्धित जटिलताका कारण १ लाख ४४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका सरकारी तथ्याङ्क छ । भारतका कोरोनाभाइरस सङ्क्रमण दर सुस्त हुँदै गएको देखिएपनि सरकारले खोप योजनालाई तीब्रता दिइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती

सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था नभएको अमेरिकी भनाई

सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित

बाढीका कारण तान्जानियामा ५८ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको