दक्षिण कोरियामा इन्टरनेटमा बालिका र महिलाको यौन भिडियो बेच्ने गिरोहको नाइकेलाई ४० वर्ष जेल सजाय



दक्षिण कोरियामा अनलाइन यौन दुव्र्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई ४० वर्ष जेल सजाय सुनाइएको छ । जो जू बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडियो पठाउन बाध्य पार्ने र पछि सःशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो ।

त्यस्ता च्याटरूम कम्तीमा १० हजार जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १२ सय अमेरिकी डलरसम्म तिरेको पत्ता लागेको छ । उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए । यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको छ ।

सोलको एउटा अदालतले आरोपितले धेरै पीडितलाई फकाएर र धम्क्याएर बनाएको सामग्री व्यापक रूपमा वितरण गरेको योन्हाप समाचारसंस्थाले जनाएको छ । जोले बालबालिकालाई यौन शोषणबाट जोगाउने कानुन उल्लङ्घन गरेको तथा नाफा कमाउन आपत्तिजनक भिडियो बनाउने र बेच्ने आपराधिक गिरोह सञ्चालन गरेको ठहर जिल्ला अदालतले गरेको थियो ।

धाकधम्की दिएर हात पारेका भिडियोहरू उनको गिरोहले टेलिग्राम एपका गोप्य च्याटरूममार्फत् बेच्थ्यो । यो मुद्दाले दक्षिण कोरियामा ठूलो आक्रोश उत्पन्न गराएको थियो ।

पचास लाख मानिसले आरोपितको नाम गोप्य नराख्न आग्रह गर्दै हस्ताक्षर गरेपछि गत मार्च महिनामा प्रहरीले २५ वर्षीय जोको नाम सार्वजनिक गरिदिएको थियो । त्यतिबेला उनले प्रायश्चित्तको भावमा आफू दुष्ट भएको स्वीकार्दै आफ्नो दुष्कर्म रोकिदिएकोमा धन्यवाद दिएका थिए ।

प्रहरीका अनुसार १२४ सन्दिग्ध व्यक्तिहरूलाई समातिएको थियो। गत वर्षदेखि भएका विभिन्न यौन अपराधबारे अनुसन्धान गरेपछि टेलिग्राम र सामाजिक सञ्जालका अन्य माध्यममा च्याटरूप सञ्चालन गर्ने जोसहित १८ जनालाई नियन्त्रणमा लिइएको समाचारसंस्था रोएटर्सले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम