बेलिजका प्रधानमन्त्री ब्रिसेनोलाई कोरोना संक्रमण



बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले वक्तव्य जारी गरी उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएका जानकारी दिएको हो । प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेका प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नेछन् । त्यसपछि उनले पुनः परीक्षण गर्ने कार्यालयले जनाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक