लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना



 

लन्डन । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको छ ।

प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लङ्घन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।

विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानून अनुसार जरिवाना हुनसक्ने बताइएको छ ।

पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, “यो घटना कोभिड–१९ कानुनको जानाजानी उल्लङ्घन भएको र यसका कारण सङ्क्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।”

विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले सामाजिक दूरीकायम नगरेको देखिएकोले जरिवानाका लागि सिफारिस गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र

विश्वभरका घरपरिवारले एक दिनमा एक अर्ब डलरको खाना खेर फाल्ने गरेका खुलासा

  विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई