अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला



भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो । विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो ।

तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् । दर्शालुहरुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ ।

दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्षेनी लाखौ हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम