यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको सहमति



यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको छ ।

यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले स्विजरल्याण्डमा यमनी सरकार र हुथी विद्रोहीबीच एक हप्ता लामो बैठकको समापनपछि उक्त सहमतिबारे आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका हुन् । सम्झौतामा ६८१ विद्रोही र ४०० साउदी सेनाको नेतृत्वमा रहेको सरकारी सेनाको आदान प्रदानको सहमति भएको बताइएको छ ।

सहमतिमा ३८१ यमनी सैनिक, १५ साउदी नागरिक र चार सुडानी नागरिकलाई रिहा हुथी समूहले गर्नेछ भने ६८१ विद्राहीलाई सरकारले रिहा गर्नेछ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले रिहा भएका कैदीहरू उनीहरूको परिवारसम्म नपुग्दासम्म अनुगमन गर्ने बताइएको छ ।

आइसीआरसीका क्षेत्रीय निर्देशक फाब्रिजिओ कार्बोनीले परिवारबाट वर्षौदेखि छुट्टिएर रहेका कैदीमा सकारात्मक सन्देश छोड्ने भनी सम्झौताको प्रशंसा गरेका छन् । यमनमा द्वन्द्वरत दुई पक्षले करिब १५ हजार व्यक्तिलाई बन्दीका रूपमा राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्