दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति उत्तर कोरियाली नेताले मागे माफी



उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली नागरिक मारिएको घटनाप्रति क्षमायाचना गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनामा क्षमायाचना गरेको जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नेता किमले ’नहुनुपर्ने घटना घटेको’ भन्दै माफी मागेका छन् । पत्रमा किमले उक्त घटना निकै ’दुःखद’ र ’निराशाजनक’ भएको बताएको दक्षिण कोरियाली समाचार संस्था योन्हापलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले उक्त घटनाका बारेमा अन्य विवरण पनि सार्वजनिक गरेको छ । ती अधिकारीलाई १० वटा गोली हानिएको र उनको शरीर नजलाइएको पनि उत्तर कोरियाली स्पष्टीकरण दिएको छ ।

दक्षिण कोरियाले आफ्ना एक ४७ वर्षीय सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको थियो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई ‘क्रु कार्य’ को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको थियो । मन्त्रालयका अनुसार ती अधिकारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने डुंगाबाट बेपत्ता भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही