पोर्टल्यान्डमा ट्रम्प समर्थक र विरोधीबीच झडप, एक जनाको मृत्यु



अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार अबेर राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र विरोधीबीच झडप हुँदा एक जना ट्रम्प समर्थकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ट्रम्प समर्थकको एउटा जुलुसका समर्थक र अश्वेत आन्दोलनकारीका सदस्यबीच पोर्टल्यान्डको सडकमा झडप भएको थियो ।

आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पुनः विजयी गराउन भन्दै करिब ६०० वटा सवारी साधनमा ट्रम्प समर्थकले र्याली निकालेका थिए । तर त्यसको विरोधमा “ब्लाक लाइभ्स म्याटर” नामको अश्वेतहरुको अभियानले सडकमा अवरोध गरेको थियो ।

प्रहरीले साँझ ट्रम्पका समर्थकहरुले र्याली समाप्त गरेलगत्तै ८.४६ मा गोली चलेको आवाज आएको जनाएको छ । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई तत्काल उद्धार गरिए पनि बचाउन नसकिएको पनि प्रहरीले बताएको छ ।

एसोसिएटेड प्रेसका एक फोटोपत्रकारले आफूले तीन राउन्ड गोली चलेको सुनेको बताएका छन् । प्रहरीको चिकित्सा टोलीले घाइतेहरुको उपचार गरेको र तिनीहरु गोरा समुदायका सदस्य रहेको पनि ती पत्रकारले बताएका छन् ।

घाइते गोरा व्यक्तिले लगाएको ह्याटमा प्याट्रिअट प्रेयर लेखिएको पनि ती पत्रकारले जनाएका छन् । यो समूह अतिवादी गोरा समूदायका रुपमा चिनिन्छ । यो समूहका सदस्य र अन्य समुदायबीच बेलाबखत झडप हुने गरेको छ ।

प्रहरीले मारिएका व्यक्तिको छातीमा गोली लागेको पुष्टि गरेको छ । गोली चलाउने व्यक्तिको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीय प्रहरी एवं संघीय निकायहरुले घटनाको सूक्ष्म अध्ययन थालेका छन् ।

मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीमा मृत्यु भएयता तीन महिनाभन्दा बढी समयदेखि पोर्टल्यान्डमा अश्वेत आन्दोलनकारीले साँझपख दिनहुँजसो प्रदर्शनहरु गरिरहेका छन् । यी प्रदर्शनहरु शुरुमा शान्तिपूर्ण रहेपनि रातिपख हिंसात्मक हुने गरेका छन् । प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कन्सिन राज्यको किनोशामा हिंसा जारी रहेपनि स्थानीय वस्तुस्थिति बुझ्न उक्त शहरको मंगलबार भ्रमण गर्ने भएका छन् ।

निर्दोश देखिएका एक अश्वेत व्यक्ति ज्याकोब ब्लेकमाथि स्थानीय प्रहरीले सात राउन्ड गोली प्रहार गरेपछि किनोशामा हिंसा भड्किएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही