सिरिया र इराकमा १० हजारभन्दा बढी इस्लामिक स्टेटका लडाकू सक्रिय



सिरिया र इराकमा इस्लामिक स्टेट समूहका १० हजारभन्दा बढी लडाकू सक्रिय रहेको प्रतिआतंकवाद सम्बन्धी राष्ट्रसंघीय प्रमुखले बताएका छन् । अमेरिका समेतका बहुराष्ट्रिय सेनाको सहयोगले दुई वर्षअघि आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएको घोषणा गरिएको थियो ।

राष्ट्रसंघीय सुरक्षा परिषदमा प्रतिआतंकवाद सम्बन्धी प्रमुख भ्लादिमिर भोरोनकोभले दुई देशमा इस्लामिक स्टेटका लडाकूहरु स्वतन्त्र रुपमा घुमफिर गरिरहेको जानकारी दिए । उनले इस्लामिक स्टेटले धेरै स्थानमा पुनः संगठित हुन थालेका र उनीहरुका कृयाकलापहरु द्वन्द्वग्रस्त मुलुकहरु इराक र सिरिया मात्र नभई क्षेत्रीय आतंकवादी संगठनहरुसँग साँठगाँठ गर्न थालेको बताए ।

उनले कोभिड–१९ संकटका कारण आतंकवादको त्रासलाई समाप्त गर्न चुनौती खडा भएको चर्चा गर्दै कोभिड–१९ को आडमा सिर्जित सामाजिक–आर्थिक र राजनीतिक संकटबाट इस्लामिक स्टेट र अन्य आतंकवादी समूहहरुले फाइदा उठाउन सक्ने बताए ।

तर भोरोनकोभले कोरोना महामारीबाट सिर्जित असरले आतंकवादी समूहमा भर्ना र रकम उठाउने कार्यहरुमा के प्रभाव परेको छ भन्ने स्पष्ट भइनसकेको भन्दै इस्लामिक स्टेटका नेता अबु इब्राहिमको नेतृत्वमा संगठनको रणनीतिका दिशामा कुनै परिवर्तन आएको वा नआएको बारेमा स्पष्ट भइनसकेको बताए ।

पश्चिम अफ्रिकामा इस्लामिक स्टेटमा आबद्ध करिब ३ हजार ५०० लडाकू सक्रिय रहेका र त्यसबाट क्षेत्रीय शान्तिमै खतरा उत्पन्न भइरहेको भोरोनकोभले बताए । लिबियामा सानो संख्यामा सक्रिय इस्लामिक स्टेटले स्थानीय जातीय तनाबलाई आफ्नो पक्षमा उपयोग गर्न प्रयास गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही