जर्मनले नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्ने



विष दिइएको आशङ्का गरिएका एक जना रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नी रुसको एउटा अस्पतालमा कोमामा रहेको उनका समर्थकहरूले बताएका छन् । भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाएका नभाल्नी आन्तरिक उडानका क्रममा बेहोस भएपछि उनी सवार जहाजलाई आपतकालीन रूपमा अवतरण गराइएको थियो ।

चिकित्सकहरूले उनी ओम्स्क सहरको एउटा अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको बताएका छन् । नभाल्नीको समूहले विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको आशङ्का गरेका छन् । उनका समर्थकहरूको त्यस्तो भनाइपछि जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी छन् ।

जर्मनीको पीस फाउन्डेशले नभाल्नीलाई लिन रुस जानको निम्ति एउटा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाएको छ । ब्रिटिश विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारलाई लिएर आफू गम्भीर रूपमा चिन्तित रहेको बताए । राष्ट्रपति भ्लादिमिर पुटिनमा कट्टर आलोचक ४४ वर्षीय नभाल्नी उनको विरोध गरेकोमा कैयौँ पटक जेल परेका थिए ।

उनले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई ’कु’ र संविधानको उल्लङ्घनको संज्ञा दिएका थिए । राष्ट्रपति पुटिनका प्रवक्ताले उनको शीघ्र स्वास्थ लाभको कामना गर्दै उनलाई विदेश लग्न दिन तयार रहेको बताएका छन् । तर त्यसको निम्ति केही परीक्षणको परिणाम कुर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक