मालीमा सैनिक ‘कु’, राष्ट्रपति इब्राहिम सेनाको नियन्त्रणमा



पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन् । सैनिकहरूको कब्जामा परेपछि उनले त्यस्तो घोषणा गरेको सरकारी टेलिभिजनले जनाएको छ । टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र संसद् पनि भङ्ग गरेको बताए । उनले आफूले शक्तिमा राखिरहन रगत नबगोस् भन्ने चाहेको बताए ।

उनको त्यस्तो घोषणा उनी र प्रधानमन्त्रीसहित अन्य अन्यलाई सैनिकहरूले गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगिएपछि आएको हो । उक्त घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भत्र्सना गरिएको छ । यसअघि राष्ट्रपति इब्रहिम केयटालाई सैनिकले गिरफ्तार गरेको कुरा सरकारका एकजना प्रवक्ताले बीबीसीलाई पुष्टि गरेका थिए ।

’भाइचारा संवाद’ को निम्ति अपिल गरेपनि प्रधानमन्त्री बूबू सीशे पनि पक्राउ परेका छन्। उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको बताइएको छ। जहाँ मङ्गलवार बिहान गोली चलेको आवाज सुनिएको थियो । कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका छन् ।

उनीहरूलाई राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले खुसी प्रकट गर्दै स्वागत गरेका थिए । त्यसपछि दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहीँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन् । गिरफ्तार गरिएका अन्यमा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ ।

सो घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराले गरेको ठानिएको बीबीसी संवाददाता अब्दुल बाले जनाएका छन् । कति सैनिक विद्रोहमा सहभागी छन् र उनीहरूको माग के हो भन्ने स्पष्ट भएको छैन । केही समाचारहरूमा रकम भुक्तानी विवादले उक्त छाउनीमा विद्रोहको अवस्था सिर्जना गरेको उल्लेख छ । राजधानीमा युवाहरूले सरकारी स्वामित्वको एउटा भवनमा आगो लगाइदिएका छन् ।

माली बृहत् प्रदर्शनहरूका साथ महिनौँदेखि राजनीतिक भद्रगोलमा फसेको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटाको राजीनामा मागिरहेका थिए । एकजना धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा पछिल्ला महिनाहरूमा भएका ठूला प्रदर्शनहरूमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो। केयटा दोस्रो कार्यकालको निम्ति सन् २०१८ को चुनावबाट निर्वाचित भएका हुन् ।

तर त्यहाँ भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, जिहादीका कारण बिग्रिँदै गएको सुरक्षा अवस्था र बढ्दो जातीय हिंसालाई लिएर व्यापक असन्तुष्टि छ । प्रदर्शनकारीहरूले त्यसको दोष राष्ट्रपतिमाथि लगाउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका