साउदी अरबद्वारा मस्जिदको उच्च भूमिकामा १० जना महिलालाई नियुक्त



साउदी अरबले इस्लामको दुई सबैभन्दा पवित्र धार्मिक स्थलहरूहरूमा १० जना महिलालाई उच्च जिम्मेवारी दिएको छ । इस्लामिक राजतन्त्रात्मक मुलुकले पछिल्लो समय उसमाथि महिला अधिकारप्रति अनुदारवादी रहेको भन्ने भनाइ सही नभएको प्रमाणित गर्न महिला रोजगारी बढाउन खोजेको छ ।

इस्लामिक राज्यमा धार्मिक संस्थाहरूमा वरिष्ठ पदमा महिलाहरूको नियुक्ति विरलै भएपनि राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानले मक्का र मदिनामा महिलालाई जिम्मेवारी दिन थालेको देखिन्छ । मस्जिदका विभिन्न विभाग तथा प्रशासनिक र प्राविधिक जिम्मेवारीमा नियुक्तिबारे यी दुई पवित्र मस्जीदका उच्च अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त नियुक्ति ‘उच्च योग्यता र क्षमतासहितको साउदी महिलाको सशक्तीकरण’ का लागि गरिएको इस्लामिक अधिकारीले जनाएका छन् । उक्त मस्जीदहरूमा यस पहिले सन् २०१८ मा पनि विभिन्न ४१ महिलालाई जिम्मेवारी दिइएको थियो तर अहिलेका अधिकांश नियुक्ति त्योभन्दा उच्च पदका लागि अरबी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजकुमार मोहम्मदले आफ्नो ‘भिजन २०३०’ योजना अन्तर्गत महिला रोजगारी बढाउन खोजेका देखिन्छ । उनले राज्यको अर्थतन्त्रमा विविधता ल्याउने र तेलमा मात्र निर्भर नहुने उद्देश्यसहित अघि बढ्न चाहेको बताउँदै आएका छन् । आधिकारिक तथ्याङ्कका अनुसार सन् २०१९ को तेस्रो त्रैमासिकमा सउदी अरबमा रोजगार महिलाको संख्या दश ३० हजार अर्थात् ३५ प्रतिशत पुगेको छ ।

सन् २०१५मा यो सङ्ख्या आठ लाख १६ हजार रहेको थियो । राजकुमारका अन्य सुधारमा राज्यमा महिलालाई अब कार चलाउन अनुमति छ । सिनेमा घर फेरि खुलेका छन् र संगीतकारहरूलाई कन्सर्टसहित सार्वजनिक स्थानहरूमा महिलासँग भेटघाट गर्न अनुमति दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक