महात्मा गान्धीको चस्मा ब्रिटेनमा लिलाममा राखिने



वेलायतमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको छ । ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्रू स्टोका अनुसार गान्धीको चस्मा १५ हजार पाउन्डमा बिक्री हुने अपेक्षा छन् । आफ्नो कम्पनीको इतिहासमा उक्त चस्मा महत्वपूर्ण वस्तु भएको उनले बताए । उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मुर्छा परेको उनले बताए ।

अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन् ।

ती व्यक्तिका अनुसार उनको परिवारका एक व्यक्तिले सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा भेटेका थिए । त्यसपछि उक्त चस्मा आफ्नो परिवारको स्वामित्वमा आएको उनको भनाइ छ । पावर धेरै नभएकाले उक्त चस्मा गान्धीले सुरुसुरुमा प्रयोग गरेको उनको अनुमान छ । गान्धी आफ्नो सामान अरूलाई दिने भनेर चिनिएका थिए।

चस्मा पत्रमञ्जूजामा राखिएको अवस्थामा फेला परेको थियो । स्टोका अनुसार उक्त चस्माप्रति विशेष गरेर भारतबाट धेरैले रुचि देखाएका थिए। तर भाग्यवश उक्त चस्मा आफ्नो हात परेको उनको भनाइ छ । आगामी अगस्ट २१ मा उक्त चस्माको अनलाइन लिलाम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही