एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो



चालकदल सहित १ सय ९१ जना सवार एयर इन्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य केरलामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या कम्तीमा १७ पुगेको छ । ज्यान गुमाउनेमा दुई जना पाइलट रहेका एअर इन्डिया एक्सप्रेसले जनाएको छ । भारतीय उड्डयन अधिकारीहरूका अनुसार संयुक्त अरब एमिरेट्सको दुबईबाट उडेको एअर इन्डियाको उक्त बोइङ ७३७ विमान क्यालिकट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।

ठूलो पानी परेकाले विमान धावनमार्गमा चिप्लिएको र त्यसपछि बजारिएर दुई टुक्रा भएको समाचारमा जनाइएको छ । विमानमा कोरोनाभाइरसका कारण विदेशमा अलपत्र परेर उद्धार गरिएका भारतीय नागरिकहरू चढेका थिए ।

कैयौँ मानिस घाइते भएका र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमान दुर्घटनाले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक