कराचीस्थित स्टक एक्स्चेन्जमा बन्दुकधारीको आक्रमण, कम्तिमा दुई जनाको मृत्यु



कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ । प्रहरीलाई उदृत गर्दै आक्रमणमा संलग्न चार जनालाई मारिएको बताइएको छ ।

बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ । बलोच जातीय समूहहरू छुट्टै देशको माग राखेर लामो समयदेखि विद्रोह गरिरहेका छन् । आक्रमणको सुरुमा स्वचालित राइफल बोकेका लडाकुहरूले ग्रिनेड प्रहार गरेका थिए। त्यसपछि उनीहरूले उक्त भवनबाहिर अवस्थित सुरक्षाकर्मीको चौकीमा गोली हाने ।

उनीहरू एउटा कारमा आएको कराची प्रहरीका प्रमुखले समाचारसंस्था रोएटर्सलाई बताए । आक्रमण भएपछि सुरक्षाकर्मीले प्रतिकार गरेको अधिकारीहरूले बताएका छन्। त्यही बेला चार आक्रमणकारीको मृत्यु भएको हो । हताहत हुनेमा प्रहरी र अन्य सुरक्षाकर्मी पनि भएको हुन सक्ने प्रहरीले जनाएको छ. । पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक