तीन महिनापछि खुल्यो आईफल टावर



लकडाउनका कारण बन्द रहेको फ्रान्सको विश्वप्रसिद्ध आईफल टावर तीन महिनापछि खुलेको छ । अहिले पेरिसस्थित उक्त स्थान सीमित रूपमा सञ्चालनमा ल्याइएको छ । त्यहाँ सीमित सङ्ख्यामा मात्र आगन्तुकलाई प्रवेश दिइनेछ भने ११ वर्षमाथिका सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ ।

दोस्रो तलाभन्दा माथि कर्मचारीबाहेक अरूले प्रवेश पाउनेछैनन् । जुलाई १ सम्म लिफ्ट नचलाइने भएकाले सबैले सिँढी प्रयोग गर्नुपर्नेछ । सन् १८८९ मा निर्माण सम्पन्न भएको उक्त टावरमा प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिस जान्छन् । तीमध्ये तीनचौथाइ व्यक्ति विदेश पर्यटक हुने आईफल टावरको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

फ्रान्स कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये एघारौँ स्थानमा छ । फ्रान्समा जुन १५ मा राष्ट्रपतिले कोरोनाभाइरस लकडाउनका बेला लगाइएका केही प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए । अहिले त्यहाँ क्याफे र रेस्टुराँहरू खुलेका छन् भने युरोपभित्र यात्रा गर्न पाइन्छ ।

फ्रान्समा अहिलेसम्म झन्डै दुई लाख जानमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये २९,७०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्याङ्क जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको छ । विश्वभरि ९४ लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये झन्डै चार लाख ९३ हजार जनाको मृत्यु भएको जोन्स हप्किन्स यूनिभर्सिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब