कोरोना संकटपछि संसार नेतृत्वविनाको ठूलो अस्तव्यस्ततातर्फ जाने



कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री जेफ्री स्याक्शले चीन र अमेरिकाबीच गहिरिँदै गएको शीतयुद्ध विश्वका लागि कोरोनाभाइरसभन्दा पनि ठूलो चिन्ताको विषय भएको बताएका छन् ।

बीबीसीको एशिया बिजनेस रिपोर्टका लागि अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् । उनले कोरोनाभाइरस महामारीपश्चात संसार कुनै नेतृत्वविनाको ठूलो अस्तव्यस्तताको समयतर्फ बढ्ने समेत बताए ।दुई ठूला शक्ति राष्ट्रबीचको मतभेदले त्यसलाई अझ नराम्रो स्थितिमा पुर्याउने उनको ठम्याइ छ । स्याक्शले दुई देशबीच तनाव चर्किनुमा अमेरिकी प्रशासन जिम्मेवार रहेको आरोप लगाए ।

व्यापारको विषयलाई मात्र लिएर नभई अन्य कैयौँ मुद्दामा अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अर्थशास्त्री स्याक्शका पछिल्ला टिप्पणी आएका हुन् । केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको सिन्जियाङमा मुस्लिमहरूमाथि दमनमा संलग्न भनिएका चिनियाँ अधिकारीहरूविरुद्ध प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गर्दै वैधानिकता प्रदान गरेका थिए ।

द वाल स्ट्रीट जर्नलसँगको एउटा अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिस्पर्धालाई अस्थिर बनाउनका निम्ति चीनले अन्तर्राष्ट्रिय रूपमा कोरोनाभाइरस फैलाउन प्रोत्साहित गरेको हुन सक्ने बताएका थिए । ट्रम्प प्रशासनले खासगरी चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई लगायत कम्पनीलाई पनि ट्रम्प प्रशासनले निशाना बनाउँदै आएको छ ।

ग्राहकमाथि जासुसी गर्नका निम्ति त्यसको प्रयोग गरेको वाशिङ्गटनले बेइजिङमाथि आरोप लगाउने गरेको छ । तर ह्वावेईले जस्तै बेइजिङले पनि त्यो आरोप अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी