भारत-चीन सीमा विवाद समाधानका लागि अमेरिकाले सघाउने



भारत-चीन सीमा विवाद समाधानका लागि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको र सहयोग गर्न इच्छुक भएको बताएका छन् । उनले दुवै देशसँग अमेरिकाले त्यस विषयमा कुराकानी गरिरहेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले यसबारेमा आफूले भारत र चीनसँग कुराकानी गरिरहेको बताए ।

उनले भने, ‘त्यहाँ दुई देशबीच ठूलो समस्या छ। दुवै आमुन्नेसामुन्ने भएका छन् र हामी अब के हुन्छ हेरिरहेका छौँ। हामी उनीहरूलाई सहयोग गर्न प्रयास गर्दैछौँ।’ गत साता सोमवार राति गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसक सङ्घर्षमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो । भारतले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ ।

तर चीनले त्यसबारे आधिकारिक रूपमा केही भनेको छैन । भारत र चीनबीच विद्यमान तनावबारे अमेरिकी राष्ट्रपतिले गत महिना सामाजिक सञ्जालमा टिप्पणी गर्दै आफू मध्यस्थता गर्न तत्पर भएको बताएका थिए । एउटा ट्वीटमा ट्रम्पले भनेका थिए, ‘हामीले भारत र चीन दुवै देशलाई जारी सीमा विवादबारे मध्यस्थता गरिदिन अमेरिका तयार, इच्छुक र सक्षम भएको जानकारी दिएका छौँ। धन्यवाद।’

राष्ट्रपति ट्रम्पले चीनसँगको तनावका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनोदशा नराम्रो भएको टिप्पणी गरेका थिए । तर ट्रम्पले मध्यस्थताका लागि गरेको प्रस्तावलाई भारत र चीन दुवैले अस्वीकार गरिदिएका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गलवानमा भारतीय सैनिकको मृत्यु भएकोमा समवेदना प्रकट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही