आफ्नो नियन्त्रणमा रहेका भारतीय सैनिक चीनद्वारा मुक्त



चीनले सीमा भिडन्तको क्रममा नियन्त्रणमा लिएको दशजना भारतीय सेनाका जवानलाई मुक्त गरेको छ । गत सोमबार भारत र चीन जोड्ने लद्दाखमा दुबै राष्ट्रका सेनाबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले दश जना सिपाहीलाई मुक्त गरिएको उल्लेख गरेको छ ।

भारत सरकारले भने उक्त सूचनाको पुष्टि गरेको छैन । भारतले भिडन्तको क्रममा कुनै सिपाही हराएकोबारे पुष्टि गरेको छैन । चीनले भिडन्तको क्रममा भएको क्षति सम्बन्धमा खुलाएको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिचियानले भने चीनतर्फ पनि क्षति भएको बताएका थिए ।

तर दुबै देशका नागरिकस्तरमा पर्नसक्ने नकारात्मक प्रभाब र संवेदनशिलतालाई ध्यानमा राखेर चीनले संख्या नखुलाएको बताइएको छ । भारततर्फ भने एकजना कर्णेलसहित २० जना सेनाको मृत्यु भएको थियो । ७६ जना घाइते भएका थिए । गत् सोमबार भारत र चीनको सेनाबीच सीमा जोड्ने लद्दाखको गलवान नदी छेऊमा भिडन्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही