२० सैनिकको बलिदान त्यसै खेर जाँदैनः मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित हिमालय क्षेत्रमा भएको चिनियाँ सैनिकसँगको लडाईँमा कम्तीमा २० सैनिकको बलिदान त्यसै खेर नजाने बताएका छन्। चिनियाँहरूसँग लड्दै हाम्रा सैनिकहरूले सहादत प्राप्त गरेकोमा भारतले गर्व गर्ने मोदीले बताएका छन् ।

मोदीले भनेका छन्, ‘हामीले सधैँ मतभेद विवाद नबनोस् भनेर प्रयास गर्यौं। हामी कहिल्यै पनि कसैलाई उक्साउँदैनौँ। तर हामी आफ्नो देशको अखण्डता र सम्प्रभुतासँग सम्झौता पनि गर्न सक्दैनौँ। समय आएको बेला हामीले देशको अखण्डता र सम्प्रभुता रक्षा गर्नका लागि आफ्नो शक्तिको प्रदर्शन गरेका छौँ।’

उक्त झडपलाई लिएर दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन् । यो कश्मीर क्षेत्रमा पछिल्लो ४५ वर्ष यता दुवै पक्षबीच मानवीय क्षति हुने गरि भएको पहिलो भिडन्त हो । अझै पनि केही भारतीय सैनिकहरू हराइरहेको ठानिएको छ ।

भारतीय सेनाले चीनतर्फ पनि क्षति भएको बताएको छ तर बेइजिङ्ले कुनै विस्तृत विवरण दिएको छैन । भारतीय समाचार संस्था एएनआइका अनुसार मोदीले भारतले शान्ति चाहेको तर उक्साएमा उपयुक्त जवाफ दिन सक्षम रहेको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक