कोरोना संक्रमणबाट भारतमा एकैदिन दुई हजार भन्दा बढीको मृत्यु



भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो चोटि एकै दिन २,००० जनाभन्दा बढीको मृत्यु भएको छ । गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको हो । भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३,५४,००० नाघेको छ । तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ ।

भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा छ। अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ । अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ । प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ ।

बुधवार प्रकाशित तथ्याङ्कममा अहिले भारतभरि १,५५,०० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ । महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् । त्यहाँ १,१३,००० भन्दा बढी मानिसमा कोभिड(१९ पुष्टि भएको छ । तीमध्ये ५,५३७ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ । अहिलेसम्म देशभरि ९०७ वटा प्रयोगशालाबाट ५९ लाखवटाभन्दा बढी परीक्षण गरिएको सरकारको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम