कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न बेइजिङका केही क्षेत्रमा लकडाउन विस्तार



चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ । कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन् । पछिल्लो सात हप्तायता बेङजिङमा विदेशबाट आएका व्यक्तिहरूमा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो ।

पछिल्लो प्रकोपलाई शहरको सबभन्दा ठूलो थोक बजारसँग जोडेर हेरिएको छ । केही दिनअघि सिनफडी मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोभिड १९ बाट सङ्क्रमित भएको फेला परेका थिए । उनीहरूमध्ये कसैमा पनि लक्षण देखिएको थिएन । त्यसपछि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ ।

स्थानीय सञ्चारमाध्महरूका अनुसार भाइरस विदेशबाट आयात गरिएको साल्मन काट्न प्रयोग गरिएको चपिङ्ग बोर्डमा देखिएको पत्ता लागेको थियो । लगत्तै बेइजिङका सुपरमार्केटहरूले माछा बेच्न छाडे । अन्य केही अधिकारीसहित सिनफडी बजारका महाप्रबन्धकलाई पदबाट बर्खास्त गरिएको छ । उक्त बजार शनिवारदेखि बन्द गरिएको छ।

सोमवारसम्मा दुई सयवटा परीक्षणस्थल स्थापना गरिएको छ । उक्त बजार पुगेका करिब दुई लाख सर्वसाधारणलाई सम्पर्क गरिएको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ । खेल र मनोरञ्जनका लागि प्रयोग गरिने इन्डोर भेन्यू अर्थात् खुला नभएका स्थलहरूको सञ्चालनमा रोक लगाइएको छ । विद्यालयहरू पनि बन्द गरिएको छ।

राजधानी बेइजिङमा सङ्क्रमणको दोस्रो लहरको त्रास फैलिने ठानिएको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ४,६३८ जना र संसारभरि गरी ४ लाख ६६ हजारभन्दा बढी मानिसले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम