भारतमा कोरोना संक्रमित न्यूयोर्क जस्तै थाम्नै नसक्ने हुने



लकडाउन खुकुलो पारिएको हप्तौँपछि र पहिलो सङ्क्रमण देखिएको चार महिनापछि भारतमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या तीन लाख २० हजारभन्दा बढी पुग्दा भारत विश्वका चार उच्च सङ्क्रमित हुने देशको सूचीमा पुगेको छ । ब्रजिल, रुस र अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या भएको देशमा भारत पर्छ ।

तर कोर्नेल विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक कौशिक वसुका अनुसार जनसङ्ख्याको आधारमा सङ्क्रमण हेर्ने हो भने भारत १४३ औँ स्थानमा पर्छ । तर नियालेर हेर्दा सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ । मुम्बई, दिल्ली र अहमदावाद सहरमा अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको दर बढेको छ । सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहने हो भने यी ठाउँहरू पनि न्यूयोर्क जस्तै थाम्नै नसक्ने हुने एक चिकित्सकले बताएका छन् । यी सहरमा बिरामीलाई भर्ना गर्न अस्वीकार गरेको जस्ता डरलाग्दा खबरहरू आएका छन् । अझै वियोगान्त घटनामा त एकजना बिरामी शौचालयमै मृत अवस्थामा भेटिएका छन् ।

प्रयोगशालाहरूमा चाप बढी हुँदा परीक्षणहरू ढिला भएका छन् वा हुन नपाएर नमुना थन्किएका छन् । भारतको अर्थतन्त्र महामारी अगावै पनि खस्किएको थियो। त्यसैले व्यापार(व्यवसाय बन्द राखेर मानिसहरूलाई बेरोजगार बनाइरहन भारतले सक्दैन । त्यसैले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भारतले निकै कठिन काम गर्नुपर्नेछ । अर्को शब्दमा भन्दा भारतका ६० प्रतिशत जनसङ्ख्यालाई कोरोनाभाइरस लागेर हर्ड इम्युनिटीमा पुगोस् र आफैँ रोकियोस् भनेर भारत पर्खन सक्दैन ।

भारतको सङक्रमितको मृत्युदर करिब २.८ प्रतिशत रहेको छ । तर त्यो सङ्ख्या विवादस्पद छ। । लन्डन स्कुल अफ हाइजीन र ट्रपीकल मेडिसिनका एडम कुचार्स्कीले मृत्युको सङ्ख्याबाट कुल सङ्क्रमितको सङ्ख्या भाग गर्दा हुने समस्या उपचारमा ढिलाइ भएर मृत्यु भएका वा रेकर्डमै नआएका सङ्क्रमितको सङ्ख्या नसमेट्ने बताए । महामारीको अहिलेको चरणमा सङ्क्रमितको मृत्यु हुने दर हेर्दा त्यसले सरकारलाई गम्भीर नबनाउन सक्छ ।

प्रतिव्यक्ति मृत्युदरले भाइरस कति फैलिएको छ भन्ने बुझ्न गाह्रो हुन्छ किनभने भारतका थुप्रै ठाउँमा भाइरसको असर देखिएकै छैन । एकदमै चिन्तित बनाउने कुरा के छ भने मृत्युको कुल सङ्ख्याको एक तिहाइ त महाराष्ट्र, दिल्ली र गुजरातमा मात्रै छ । अर्थशास्त्री पार्थ मुखोपाध्यायले गरेको नयाँ अध्ययनले भारतमा मृत्यु हुने युवाको सङ्ख्या उमेर अनुसार छुट्याउँदा पहिला सोचिएकोभन्दा बढी देखाएको छ । अप्रिल ३० तारिखसम्म महाराष्ट्र राज्यमा ४० देखि ४९ वर्ष उमेरका मानिसको मृत्यु दर चार प्रतिशत थियो। इटलीमा भने त्यही उमेर समूहमा १० प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो