एटलान्टाका प्रहरी प्रमुखले दिए राजीनामा



अमेरिकामा प्रहरी हिरासतमा अश्वेत नागरिक मारिएपछि एटलान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । मेयर कीशा ल्यान्स बटम्सले प्रहरी प्रमुख एरिका शील्ड्सले शनिवार राजीनामा दिएको जानकारी दिइन् । एटलान्टामा ब्रुक्सको निधन भएपछि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो । शनिवार साँझ एटलान्टाको मुख्य राजमार्ग इन्टरस्टेट ७५ प्रदर्शनकारीहरूले बन्द गरिदिएका थिए । जोर्ज फ्लोइड प्रहरी हिरासतका क्रममा मारिएपछि गत तीन हप्तादेखि अमेरिका भर प्रदर्शनहरू हुँदै आएका छन् ।

एरिका शील्ड्स २०१६ को डिसेम्बरदेखि एटलान्टाको प्रहरी प्रमुख थिइन् र एटलान्टाको प्रहरी विभागमा २० वर्षदेखि कार्यरत थिइन् । उनी प्रहरी विभागको अन्य शाखामा कार्यरत रहने मेयर बटम्सले बताइन् । मेयर बटम्सले विज्ञप्तिमा भनेकी छन्, ‘देशभर प्रहरीमा अर्थपूर्ण सुधार कस्तो हुनुपर्छ भन्नेमा एटलान्टा नमुना बनोस् भन्ने एरिकाको चाहनाका कारण उनले प्रहरी प्रमुखबाट राजीनामा दिएकी हुन्।’

मेयर बटम्सले ब्रुक्सको मृत्युमा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त गर्नुपर्ने बताएकी छन् । जोर्जिया ब्यूरो अफ इन्भेस्टिगेशन्स (जीबीआई)ले २७ वर्षीय ब्रुक्सको मृत्युबारे अनुसन्धान गरिरहेको छ र वेन्डीज रेस्टुरेन्टभित्र रहेको सुरक्षा क्यामेरामा रेकर्ड गरिएको भिडिओ हेरिरहेको छ । उसले प्रत्यक्षदर्शीले खिचेको भिडिओ पनि हेरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ