सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप आउने



यूरोपले यस वर्ष अर्थात् सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप जनताले प्रयोग गर्न पाउने घोषणा गरेको छ । यसका लागि गरिएको एक सम्झौतामा यूरोपका लागि मात्र ४० करोड डोज खोप बनाइने जनाइएको छ । कोरोना भाइरसको खोप बनाइरहेको कम्पनी अस्त्राजेनेकासँग उक्त खोप पाउनका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सको नेतृत्वमा रहेको यूरोपको इन्क्लूसिभ भ्याक्सिन एलायन्सले सम्झौता गरेको छ ।

यस सम्झौताबमोजिम कम्पनीले खोप बनेलगत्तै ४० करोड डोज यूरोपका लागि दिने शनिवार जर्मन सरकारले जनाएको हो । र यो खोप यूरोपेली संघका मुलुकलाई दिइने जनाइएको छ । औषधि निर्माता कम्पनीले उत्पादन बढाउने प्रयासमा लागिरहेको जनाउँदै यो खोप बिना मुनाफा आपूर्ति गरिने उल्लेख गरेको छ । यस वर्षको अन्तिमसम्ममा खोप उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले यदि सबै कुरा ठीक रहेमा यूरोपका करोडौं नागरिकले खोप पाउन सक्ने सुनिश्चित भएको भन्दै गर्मी मौसम सकिने बेलासम्ममा यसबारेमा जानकारी हुने बताए । खोप बनाउनका लागि तयार पारिएका शुरुवाती तथ्यांकहरुका आधारमा खोप निर्माण परिणाममुखी हुने विश्वास आफूहरुलाई भएको पनि सोरियोले बताए ।

सबै देशसम्म खोप पुगोस् भन्नका लागि एलायन्सले यूरोपेली कमिशनका साथ काम गर्ने उनले बताए । यूरोपीय भ्याक्सिन एलायन्सभन्दा पहिले अमेरिकाले पनि अस्त्राजेनेका साथ सम्झौता गरेको थियो । कम्पनीमा १.२ अर्ब डलर लगानी गर्ने जनाउँदै अमेरिकालाई खोप बनेपछि ३० करोड डोज उपलब्ध गराउने सम्झौता भएको थियो ।

ब्रिटेनको अक्सफोर्ड यूनिभर्सिटी कोरोना भाइरसको खोप बनाउन काम गरिरहेको छ भने त्यसको लाइसेन्स ब्रिटिश कम्पनी अस्त्राजेनेसँग रहेको छ । यसै वर्षको अप्रिलमा सयौं मानिसमा यस खोपको परीक्षण गरिएको थियो । समाचार संस्था रोयटर्सले औषधि निर्माता कम्पनीलाई खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगान सरकारले रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम ल्याउने

अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४

साउदी अरेरिबायाको सैन्य विमानद्वारा यमनमा लगातार बमबारी

साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ

सुडानमा ‘सैन्य कु’

सुडानमा सैन्य कु भएको छ । सैन्य कु भएको सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री