बेइजिङमा ४५ जनामा कोरोना संक्रमण पुष्टि



चीनको राजधानी बेइजिङमा पहिलो कोरोना भाइरस संक्रमण फेला परेपछि दोस्रो चरणको संक्रमणको खतरा रहेको भन्दै चीन सरकारले कडा लकडाउनको घोषणा गरेको छ । बेइजिङमा देखिएको प्रकोप शहरकै सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको पाइएको छ । सिनफादी नामक सो बजारका कुल ५ सय १७ जनामा कोरोना भाइरसको परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन् ।

संक्रमण देखिएकाहरुमा रोगको लक्षण भने देखिएको छैन । संक्रमण फेला परेको बजार क्षेत्रसँग जोडिएका ११ वटा बजार क्षेत्रमा लकडाउन लागू गरिएको छ । बजारमा कार्यरत १० हजार कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ । यसैगरी सिनफादी बजारसँग हालै सम्पर्कमा आएका हरेक मानिसका साथै सो क्षेत्र वरपरका जिल्लामा बसोबास गर्नेको पनि परीक्षण गरिने अधिकारीहरुले बताएका छन् ।

बेइजिङको दक्षिण पश्चिम फेङटाई जिल्लामा रहेको सिनफादी बजारमा गएका दुई जनाले आफूहरुलाई कोभिङ १९ संक्रमण भएको जानकारी गराएपछि शनिबार सबैरैबाट सो क्षेत्रमा लकडाउन गरिएको हो । चीनमा हालसम्म कोरोना संक्रमणका कारण ४ हजार ६ सयजना मानिसको ज्यान गएको छ । विश्वमा हालसम्म ४ लाख २६ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’