भारतमा कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो



भारतमा कोरोनाभाइरसबाट तीन लाखभन्दा बढी जना सङ्क्रमित भएका छन् । भारतको आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभाबित छन् । पछिल्लो चौबिस घण्टामा ३८६ जनाको मृत्यु भएको हो ।

लकडाउन खुकुलो गरेपछि दैनिक औसतमा दश हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिदै आएको भारतमा पछिल्लो चौबिस घण्टामा करीब १२ हजार नयाँ सङ्क्रमित थपिएका छन् । शुक्रबार एकैदिन ११ हजार ४५८ जना नयाँ सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एकैदिनमा थपिएका नयाँ सङ्क्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।

भारतीय स्वास्थ्य मन्त्रलायका अनुसार भारतमा कोरोना सङ्क्रमितको संख्या तीन लाख आठ हजार ९९३ पुगेको छ । संयुक्त राज्य अमेरिका, रुस र ब्राजिल तीन लाख सङ्क्रमित भएका राष्ट्र हुन । तीनवटै राष्ट्रको अपेक्षा भारतको जनसंख्या अत्याधिक बढी रहेको छ । राजधानी नयाँ दिल्लीमा पछिल्लो १२ दिनमा सङ्क्रमित हुनेको संख्या २१ प्रतिशतले बढेको छ । नयाँ दिल्लीमा सङ्क्रमित हुने ३६ हजार ८२४ छन् । आर्थिक राजधानी महाराष्ट्रमा एक लाख एक हजार १४१ जना सङ्क्रमित छन् ।

भारतमा पहिलो सङ्क्रमित फेला परेको ७८ दिनपछि एक लाख सङ्क्रमित पुगेको थियो । दोस्रो एक लाख पुग्न मात्र १५ दिन लागेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क बमोजिम कोरोनाभाइरसका एक लाख ५४ हजार ३२९ जना बिरामी कोरोनामुक्त भएका छन् । सक्रिय बिरामीको संख्या एक लाख ४५ हजार ७७९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका