भारतमा एकैदिन थपिए १० हजार कोरोना संक्रमित



भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृत्यु भएको जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७४५ पुगेको छ । भारतमा अहिले पनि एक लाख ३३ हजार ६३२ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २०५ रहेको मन्त्रालयले जनाएको छ ।

कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बुधबारसम्म ९० हजार ७८७ जना सङ्क्रमित भएका छन् ।

दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा भने ३४ हजार ९१४ जना सङ्क्रमित रहेका छन् । मेडिकल रिसर्च परिषद्का अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४५ हजार २१६ जनाको कोरोना परिक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३३२ जनाको कोरोना परिक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी