उत्तर कोरियाले अन्तर–कोरियाली सञ्चार सम्पर्क लाइन बन्द गर्ने



उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै अन्तर–कोरियाली सञ्चार सम्पर्क लाइनहरु बन्द गर्ने भएको छ । दक्षिण कोरियालाई शत्रु भन्दै उत्तरले सञ्चार सम्पर्क बन्द गर्नु पहिलो चरणको काम रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । उत्तर कोरियाको सीमावर्ती शहर केइसङ्गमा रहेको सम्पर्क कार्यालयबाट हुँदै आएका टेलिफोनहरु मंगलबारदेखि बन्द गर्ने भएको हो ।

दुई कोरियाले सन् २०१८ मा भएको वार्तापछि तनाव कम गर्ने भन्दै सो कार्यालय स्थापना गरेका थिए । जनवरीमा कोरोना महामारीका कारण सम्पर्क कार्यालय अस्थायी रुपमा बन्द गरिएको थियो । यस्तै सैन्य सम्पर्कका माध्यमहरु पनि बन्द गर्ने उत्तर कोरियाले जनाएको छ । सन् १९५३ को युद्ध अन्त्य पछि शान्ति सम्झौता हुन नकसेका कारण दुई कोरिया अहिले पनि प्राविधिक रुपमा युद्धको स्थिति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको