कोरोना संक्रमणबाट विश्वमा चार लाख भन्दा बढीको मृत्यु



कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अुनसार आइतबार विहानसम्ममा मृत्यु हुनेको संख्या ४ लाख १ हजार नाघेको छ ।
यसैगरी संक्रमित हुनेको कूल संख्या ६९ लाख ६६ हजार नाघेको छ । तथ्याङ्क अनुसार संक्रमित मध्ये ३४ लाख ६ हजार जनालाई भने उपचार पछि निको भएको छ ।
अझैपनि विश्वभरमा ३१ लाख ५८ हजार जनामा संक्रमण छ । ती मध्ये ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ भने दुई प्रतिशतको अवस्था गम्भिर रहेको छ ।
विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ लाख १२ हजार जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३५ हजार ९ शयको मृत्यु भइसकेको छ । यसैंबीच लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले कोरोनाभाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देश बन्न पुगेको छ ।
बढ्दो संख्याकै बीच लकडाउन खुकुलो बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले त्यस्तो नगर्न दिएको सुझावदिएपछि राष्ट्रपति जैर बोल्सोनारोले डब्लुएचओको व्यवहार सकारात्मक नभएको आरोप लगाउदै डब्लुएचओबाट बाहिरिने चेतावनी दिएका छन् ।

उनले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर भूमिका खेल्न लागेको आरोप पनि लगाएका छन् । सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको अमेरिकाले यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गर्दै डब्लुएचओलाई दिदै आएको सहयोग समेत रोक्ने बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका